अन्तर सेमेस्टर फुटसलमा अटोमोवाइल र जियोमेटिक्सको चौथो सेमेस्टर विजयी

पाेखरा | जेठ १३, २०८१

अन्तर सेमेस्टर फुटसलमा अटोमोवाइल र जियोमेटिक्सको चौथो सेमेस्टर विजयी

पोखरा:   गण्डकी बहु–प्राविधिक शिक्षालयको आयोजनामा सम्पन्न अन्तर सेमेस्टर फुटसलमा अटोमोवाइल र जियोमेटिक्सको चौथो सेमेस्टर तर्फको समूह विजयी बनेको छ ।

 

पोखरा २६ स्थित ब्ल्याक होल (द्यबिअप ज्यभि) फुटसलमा भएको फाइनल खेलमा दोस्रो सेमेस्टरको सिभिल इन्जीनियरीयङको समूहलाई हराउदै चौथो सेमेस्टर प्रथम बनेको हो ।

 

प्रतियोगिताबाट विजेता तथा उपविजेता बनेको समूहलाई नगद पुरस्कार प्रदान गरिएको कार्यक्रम संयोजक सुमन चन्द्र सुवेदीले जानकारी दिए । 

 

उनका अनुसार शिक्षालयले वार्षिक कार्यक्रम अन्तर्गत हरेक वर्ष फुटसल प्रतियोगितासँगै हाजिरी जवाफ प्रतियोगिता र वत्तृत्वकला प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।
शिक्षालयले विद्यार्थीको शैक्षिक स्तरमा सघाउ पुग्ने बताउदै विभिन्न प्रतियोगिता गर्दै आएको छ ।

 

हाल शिक्षालयमा डिप्लोमा तहका सिभिल, अटोमोवाइल इन्जिनियरीयङ, जियोमेटिक्स लगायत स्वास्थ्यतर्फ फार्मेसी र प्रमाणपत्रतह सामान्य चिकित्सा र वन विज्ञानका विभिन्न कोर्षहरुको अध्यापन गराउदै आएको छ  । 


 

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्

काठमाडौँ:  चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुगेका छन् ।   उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका...

थप पढ्नुहोस्